21 C
Kathmandu
Wednesday, September 27, 2023

हेलिकप्टरले बढी भाडा असुलेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं / नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले कोरोना महामारीको कहरका बेला हेलिकप्टरहरुले बढी भाडा असुलेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले कोरोना महामारीमा विभिन्न कम्पनीहरूका हेलिकप्टरले सामाजिक दायित्वको ख्याल नगरी बढी भाडा असुलेको भन्दै सम्बन्धित मन्त्रालय र मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

नेता पौडेलले अन्य समयमा हेटौंडा–काठमाडौं हेलिकप्टर चार्टड भाडा १ लाख २५ हजार रहेको भएपनि हाल हेलिकोप्टर कम्पनीहरुले २ लाख ८० हजार लिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।  कोरोना संक्रमितहरुको आकस्मिक उपचारका लागि काठमाडौं जानुपर्ने वाध्यात्मक परिस्थितीको फाइदा उठाउँदै ती कम्पनीहरुले मानवीय संवेदनाहिन आपराधिक लुट मच्चाएको उहाँको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स