24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पोखरा मणिपाल अस्पतालका कर्मचारी आन्दोलनमा

 

कास्की / कोरोना संक्रमितको उपचारमा खटिएका पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा गुणस्तरीय पीपीई, माक्स, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीको माग गर्दै आन्दोलनमा उत्रिएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँले प्रशासनलाई कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा स्वास्थ्य सामाग्री र थप अतिरिक्त सुविधाको व्यवस्था गर्न पटक– पटक आग्रह गरेपनि बेवास्ता गरेपछि पहिलो दिन स्वास्थ्यकर्मी अस्पतालको गेट अगाडि जम्मा भएर सांकेतिक आन्दोलन गरिएको बताउनुभयो ।

मणिपाल अस्पतालमा अहिले ४५ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । उनीहरुको उपचारमा हाल दुइ सिफ्टमा २५ जना कर्मचारी खट्दै आएका छन् । अहिले देशभरका अधिकांश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स