24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

कैलालीमा अस्पताललाई अक्सिजन सिलिन्डर

 

कैलाली / अक्सिजन ग्यास अभाव भइरहेको बेला कैलाली, लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई एक सय सिलिन्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ ।

संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रोजेक्ट मेनेजर दिपकराज ढगांनाले बताउनुभयो । किसान सहकारीले कोभिड–१९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरामीहरुलाई सहज रुपमा अक्सिजन आपूर्तिका लागि किसान अक्सिजन बैंक सञ्चालनमा ल्याई उक्त बैंकमार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपूर्ति गर्दै आएको सञ्चालक समिति सदस्य शाहले बताए ।

सोमबारसम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यक भएका ३२ जना कोभिडका बिरामीको उपचार भईरहेको अस्पतालले जनाएको छ । सहकारी संस्थाले सञ्चालन गरेको अक्सिजन बैंकले यसअघि लम्की अस्पताललाई १ सय ५० थान रिफिल सिलिन्डर उपलब्ध गराईसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स