29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पाटन अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर उपलब्ध गराइने

हानगरले कोराना नियन्त्रणका लागि प्रत्येक वडालाई तीन लाखका दरले रकम उपलब्ध गराएको छ 

ललितपुर/ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई कोरोना संक्रमितका लागि अति आवश्यक मानिएको अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर प्रदान गर्ने भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको ‘भर्चुअल’ बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पाटन अस्पतालको हालको पूर्वाधारले भेन्टिलेटर र आइसियु राख्न मिल्ने अवस्था रहेनछ, त्यसैले महानगरले कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटरका लागि कुरा गरेको छ ।’ महानगरले पाटन अस्पताललाई छिट्टै यी सामग्री प्रदान गरेर कामलाई सहज बनाउन सहयोग गर्ने बताउनुभयो । महानगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक महानगर प्रमुख रहने व्यवस्था छ । यसअघि महानगरले पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि एक करोड रुपैयाँ दिइसकेको छ ।

उहाँले महानगवासीको स्वास्थ्य र सुरक्षाको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । महानगरले कोराना नियन्त्रणका लागि प्रत्येक वडालाई तीन लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स