24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

संक्रमितको टहरामै उपचार तर प्रधानमन्त्री भन्छन्, भ्रम नफैलाऔं

 

अक्सिजन र बेड नपाएर संक्रमित छट्पटाउँदै

काठमाडौं /देशभर कोरोना संक्रमणदर बढ्दो क्रममा छ । दैनिक आठ हजारको हारहारीमा संक्रमित थपिने गरेका छन् । अहिले अस्पतालहरुमा बेड अभाव छ भने अक्सिजन र अक्सिजन सिलिन्डर नपाइदाँ गम्भिर संक्रमितले अकालमै ज्यान गुमाउनुपरेको छ । अस्पतालहरुमा बेड अभाव हुँदा पेटिमै राखेर उपचार थालिएको छ ।

तर,प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिंहदरबारमा पदबहाली गर्नासाथ बेड, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव नभएको दावि गर्नुभयो । प्रधानमन्त्री ओलीले यस्तो दाबी गरिहँदा देशभर अक्सिजन र बेडको भने हाहाकार भइरहेको छ । टेकु, वीर, ट्रमा सेन्टर, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा बिरामीहरु भित्र राख्ने सम्भावना नभएर आँगनमै राखेर उपचार भइरहेको छ ।

अस्पतालमा बेड नहुँदा संक्रमितलाई प्लाष्टिकका कुर्सीदेखि चिसो भुइँमा सामन्य म्याट राखेर समेत उपचार गरिरहेका दृष्य हेरक दिन देखिन्छन् । निजी अस्पतालहरुले अक्सिजन अभावमा बिरामीहरु भर्ना गर्न बन्द गरिसकेका छन् ।

प्रधानमन्त्रीले पदवहाली गर्दा भन्नुभएको थियो,‘यतिबेला हामीसँग अस्पतालहरुमा बेडहरुको खासै कमी छैन । तर, अस्पतालका बेड एकातिर बिरामी अर्कोतिर पर्ने अवस्था छ । बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने सबैको इच्छा हुन्छ ताकि बाँच्न सकियोस्। खास–खास अस्पतालमा मानिस केन्द्रित हुने अरु ठाउँहरुमा बेड रिक्त भएको छ। सबै ठाउँमा बेडहरुको उपलव्धता छ । बेडमात्र हैन अक्सिजनसहितको बेडहरु र आवश्यक मात्रामा अन्य उपकरणसहित चिकित्सक र नर्ससमेत उपलव्ध छन्। अस्पतालमा यी प्रवन्ध गर्ने काममा सरकार लागेको छ । देशभित्र रहेका लिक्विड अक्सिजन प्लान्टहरु सञ्चालन गर्ने अनि विदेशबाट पनि ल्याएर भर्ने काममा सरकार लाग्ने छ ।’ अहिले दैनिक अक्सिजनको हाहाकार हुँदा चारदेखि पाँच जनाको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स