26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौंभित्र विद्यालय तहको परीक्षा जेठ २० भित्र सक्नुपर्ने

काठमाडौं /काठमाडौंमा रहेका विद्यालयहरुले जेठ २० भित्र परीक्षा गराइसक्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको हो ।

महानगरको शिक्षा विभागका अनुसार महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिनुपर्नेछ । अनलाइन,अफलाइन,टेलिफोन,इमेलबाट प्रश्न पठाएर विद्यालय अनुकूल हुनेगरी परीक्षा लिन महानगरले भनेको छ ।

जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो । कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने महानगर शिक्षा विभागको तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स