29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं, ३१ वैशाख /केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

संसदबाट विश्वासको मत नपाएपछि वैशाख २७ गते ओली पदमुक्त भएका थिए । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ ९३० अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स