27.1 C
Kathmandu
Friday, September 22, 2023

अक्सिजन प्लान्ट जडान गर्न जिल्लाका तीन अस्पताललाई ६ करोड

काठमाडौं / अक्सिजन प्लान्ट जडान गर्न तीन अस्पताललाई पौने ६ करोड उपलब्ध गराइने भएको छ । अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पौने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयपत्रमा हस्ताक्षर गर्नुभएको हो । अहिले देशभरका अस्पतालहरुमा अक्सिजन र अक्सिजन सिलिन्डरको हाहाकार छ । अक्सिजनको अभाब खड्किदाँ गम्भिर संक्रमितहरुले अकालमै ज्यान गुमाउनुपरेको छ ।

गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कुटनितिक प्रयास जारि रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहेको छ । जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमताका छन् ।

निजि क्षेत्रले प्रतिदिन ७ देखि ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन टयांक छन् । देशभरका स्वास्थ्य संस्थामा ६ देखि ७ हजार सिलिन्डर छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स