24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रदेश नं १ मा १४ हजार क्षयरोगी

विराटनगर/प्रदेश नं १ को झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगीको संख्या उच्च रहेको पाइएको छ । सेभ द चिल्ड्रेन, विराटनगरले पत्रकार सम्मेलन गरी यस प्रदेशका १४ हजार ३०८ क्षयरोगी रहेको तथ्य सार्वजनिक गरेको हो ।

संस्थाले गरेको अध्ययन अनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ । प्रदेश नं १ मा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको समेत संस्थाले जनाएके छ ।
संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषणयुक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको बताउनुभयो । एक जना क्षयरोगीले एक वर्षको अवधिमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै भुजेलले ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिनुभयो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स