26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर :मुख्यमन्त्री राई

मोरङ/प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनु भएको छ । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका १ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै मुख्यमन्त्री राइले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

जलयात्राका लागि विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै मुख्यमन्त्री राइले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले सङ्घीय र प्रदेश सरकारले खुवालङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न नागरिकसँग आग्रह समेत गर्नुभयो।

मुख्यमन्त्री राइले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्‍याउने सम्बन्धमा आवश्यक अध्ययनलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स