24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मुलुकभर थप १ हजार ६०३ जनामा कोरोना पुष्टि, २ हजार ५५२ जना डिस्चार्ज, २७ संक्रमितको मृत्यु

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ३२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ, भने ३ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने थप २७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स