26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौं उपत्यकाभित्रका यातायातमा जोर बिजोर प्रणाली हट्यो, असार ३१ सम्म निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन ।

असार २२ गतेदेखि जोर बजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । उहाँका अनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

माइक्रोको तेस्रो सिटमा चार चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रु भन्दा धेरै बोक्न पाइने छैन । सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स