24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सरकारले बाढी पहिरोपीडितलाई अस्थायी बसोबासका लागि ५० हजार उपलब्ध गराउने

काठमाडौं । सरकारले बाढी पहिरोपीडितलाई अस्थायी बसोबासका लागि ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरोपीडितलाई तत्काल अस्थायी बसोबासका लागि भनेर प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट उपलब्ध गराइने बताउनुभएको हो । मन्त्री पौडेलले प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभएको छ। उहाँका अनुसार घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिइनेछ ।

गत वर्षको मनुसनबाट विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ प्रभावित परिवारहरुलाई पहिलो किस्तावापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुनर्निर्माणको काम सुरु गरिएको पनि उहाँले बताउनभयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स