26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

इन्द्रावती र मेलम्ची नदीमा पुनः बाढी, सचेत रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

सिन्धुपाल्चोक । केही दिनअघि उच्च बाढीले धनजनको ठूलो क्षति गरेको इन्द्रावती र मेलम्ची नदीमा पुनः बाढी आएको छ । दुई नदीमा आएको बाढीसँगै दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको बाढीसँगै नदीमा बहाव बढ्ने सम्भावना भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । लगातारको बाढीले अरनिको राजमार्गस्थित दोलालघाटको पुलमा समेत क्षति पुग्न सक्ने जनाइएको छ ।

यसअघि असार १ गतेको बाढीले मलेम्ची बजारमा अकल्पनीय क्षति पुगेको छ भने हेलम्बुलगायत स्थानमा हजारौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ। मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका हजारौ मानिस घरबार बिहीन बनेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स