25.5 C
Kathmandu
Saturday, September 30, 2023

चैते धान भित्र्याउन नपाउँदा कैलालिका किसानलाई समस्या

कैलालि । मौसममा परिवर्तन आएसँगै कैलालीको भजनी नगरपालिकाका किसान चैते धान काट्न व्यस्त भएका छन । भित्र्याउने समयमा पानी पर्न थालेपछि किसानलाई धान काट्ने चटारो भएको हो । यहाँको खेतमा धान पाकेर पहेंलपुर छ तर पाकिसकेको धान अविरल वर्षाका कारण डुवानमा पर्ने डरले किसान चिन्तित हुन थालेका छन ।

विगतमा वर्षात्को समयमा हुने डुवानकै समस्याका कारण यहाँका किसान चैते धान रोप्न थालेको हो । विगतमा वर्षाका कारण डुवान पर्दा धेरै किसानको भित्र्याउन ठिक्क पारेका धानबालीमा क्षति पुग्ने गरेको थियो । त्यसैले त्यस्तो नहोस भनेर यहाँका किसान चैते धान खेतीतर्फ आकर्षित भएका हुन । तर यो वर्ष मनसुन चाँडै नै शुरु हुँदा भित्र्याउन ठिक्क पारेका धानबाली डुवने हो कि भन्ने चिन्तामा यहाँका किसान देखिएका छन ।

केही दिनपछि धान भित्र्याउने सोचे बनाउनुभएका भजनी नगरपालिका—८ का तुलाराम काफ्लेले विगत एक सातादेखि मौसम बदलिएर निरन्तर पानी परेपछि धान काट्ने काम प्रभावित भएको बताउनुभयो । कतिपय किसानले काटिसकेको धान पनि वर्षात्का कारण चुट्न पाएका छैनन । उत्पादन धेरै हुने र डुवानबाट बच्न सकिने आसमा यहाँका धेरैभन्दा धेरै किसानले चैते धान लगाएका छन ।

करिब दुई विगहा क्षेत्रफलमा चैते धान खेती गर्नुभएका भजनी नगरपालिका—८ सुनाफाँटाका राधा ढुङ्गानाले धान काट्ने अवस्था भएपनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गर्नुभयो । त्यस्तै भजनी नगरपालिका—३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाउनुभएको छैन । आजभोली भित्र्याउने तयारीमा रहनुभएका साउदलाई पनि वर्षात्ले धान भित्र्याउनबाट रोकेको छ । भित्र्याएको धान सुकाउन नपाएर ढुसी पर्न थालिसकेको भने खेतको धान पानीका कारण खेतमै कुहिन थालिसकेको छ । यो वर्ष भजनीमा करिब ५०० विगहा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स