24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

चर्चामा आएको ‘स्मार्ट लकडाउन’ भनेको के हो ?

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिएपछि नयाँ नयाँ शब्द ‘हिट’मा आएका छन् । जस्तै, क्वारेन्टाइन, लकडाउन, आइसोलेसन इत्यादी । लकडाउन र निषेधाज्ञा पछि अब ‘स्मार्ट’ लकडाउन शब्द चर्चामा आएको छ । देशभर संक्रमणदर बढ्दै गर्दा संक्रमण रोकथाम र नियन्त्रणका लागि पहिलोपटक २०७६ चैत ११ गतेबाट देशभर लकडाउन गरिएको थियो । पुनः एक वर्षपछि फेरि दोस्रो लहरको कोरोना संक्रमण फैलियो ।

काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी रहेको छ । सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेसँगै यो स्मार्ट लकडाउनका बारेमा चर्चा व्यापक हुन थालेको छ । अब जोरबिजोर नभएर सवारी अन्तिम संख्याको आधारमा निर्धारण गरिने छ ।

यस्तै, अन्य व्यापार व्यवसाय पनि स्मार्ट लकडाउनमा खुल्ला हुनेछन् । समितिले तयार पारेको स्मार्ट लकडाउन मोडिलाटी अनुसार सबै पसलहरू खुल्ने भएपनिसमय निर्धारण गरिने छ । अनलाइन व्यापारहरूलाई पनि प्रोत्साहन गर्ने देखिएको छ ।

समितिले तयार पारेको स्मार्ट लकडाउनको मोडालिटीमा केही दिन खुकुलो गर्ने र केही दिन ठप्प पार्ने गरी तयार गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स