24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

नेपालमा कोरोना संक्रमित घटेकै हो की घटेको देखाइएको हो ?

काठमाडौं । आम नागरिकको चासोको विषय हो, नेपालमा के कोरोना संक्रमित घटेकै हुन् त ? की कम परिक्षण भएको हो । पछिल्लो केहिदिनयता कोरोना संक्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । पछिल्लो एक हप्ताको संक्रमण दरलाई आधार मान्दा दैनिक तीन हजार तीन सय ७४ जनामा संक्रमण देखिएको छ ।

गत विहिबारदेखि हिजो बुधबारसम्म ९८ हजार चार सय ५१ जनाको पिसीआर र एन्टीजेन विधिबाट कोरोना परिक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा तीन सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा पाँच सय भन्दा बढि सकृय संक्रमित रहेका छन् । मुख्यतः काठमाडौं, ललीतपुर, भक्तपुर, दाङ, धनुषा, चीतवन, सुर्खेतमा संक्रमित संख्या तुलनात्मक रुपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती जिल्लाहरुमापनि संक्रमितको संख्या क्रमिकरुपमा घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहिबार १५ हजार दुई सय ३८ जनाको कोरोना परिक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार एक सय ८२ जनाको कोरोना परिक्षण गर्दा ५ हजार पाँच सय ८४ जनामा संक्रमण देखिएको थियो । यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परिक्षण गर्दा तीन हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाकजनो कोरोना परिक्षण गर्दा दुई हजार चार सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा दुई हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १३ हजार २ सय ९० जनाको कोरोना परिक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, देशभर बुधबार २ हजार आठ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा कोरोना परिक्षण गरिएको थियो ।

बुधबार देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना परिक्षण गराउन आउनेको संख्यामा कमि आएको बताए । डा.पौडेलले भने, ‘ संक्रमण रोकथामका लागि भौतिक दुरि कायम, मास्कको समुचित प्रयोग, ब्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । हेलचेक्रयाइ गर्नुहुँदैन । ’ डा.पौडेलले कोरोना परिक्षण गर्नेहरुको संख्यामा कमि रहेको बताए । संक्रमितको संख्या कम देखिएपनि जोखिम भने कायम नै रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।

नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन् । हाल देशभरका अस्पतालमा ९ सय २ जना आइसियु र २ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स