24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

विपद् प्रतिकार्यमा कर्णाली सरकारको १० करोड बजेट

सुर्खेत । विपद् प्रतिकार्यमा कर्णाली प्रदेशले १० करोड रुपैंया बजेट विनियोजन गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले बाढी–पहिरोजस्ता विपद् प्रतिकार्यका लागि १० करोड बजेट छुट्ट्याउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले विपद् कोषमा तत्काल उक्त रकम छुट्ट्याउने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीका अनुसार उक्त रकम विपद्को समयमा आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिनेछ ।

बैठकले बाढी पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भन्दै मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ती सडक खण्डमा सडक डिभिजन कार्यालय र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिको समन्वयमा डोजरहरू राख्ने नेपालीले जानकारी दिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स