24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मध्यपहाडी पुष्पलाल राजमार्गमा कसरि हुँदैछ सडक कालोपत्रेको काम ?

काठमाडौं । सरकारले सडक विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । यसैक्रममा मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटदेखि चक्रता हुँदै रामघाटसम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा यही असारको दोस्रो सातासम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ ।

निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । सदरमुकामको पश्चिम रावतकोटदेखि पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा यो वर्ष मात्रै काम शुरु भएको छ । निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात् यही जेठ २५ देखि करीब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम शुरु गरिएको छ ।

गत वर्ष चैत्रदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असाढसम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिए । करीब ३१ किलोमिटर सडकमध्ये मनसुन अघि नै १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा. अर्जुन बमले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स