26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौं महानगरमा भोलीदेखि खोप, कुन दिन कुन उमेर समुहलाई ? ( खोप तालिकासहित)

काठमाडौँ । भोलि मंगलबारबाट सञ्चालन हुने कोरोना विरुद्धको खोप चलाउन काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्र तोकेको छ । ती केन्द्रहरुमा भोलि ६४ बर्ष उमेरका व्यक्तिलाई कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ ।

यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

यस अघि कोरोना संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यस प्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णय अनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

 

वडा खोप केन्द्रको नाम

नन्दी रात्री स्कुल, नक्साल
वडा कार्यालय, लाजिम्पाट
वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
वडा कार्यालय, वालुवाटार
वडा कार्यालय, हाँडीगाउँ
महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
वडा कार्यालय, मित्रपार्क, चावहिल
गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
अनुपम फुडल्याण्ड, बत्तीस पुतली
म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
बुद्ध माई अस्पताल, टेकु
जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
वडा कार्यालय, भुवनेश्वरी कलंकी
भुइँखेल चौर, स्वयम्भू
बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
पब्लिक युथ क्याम्पस, धोवी चौर
पुष्पलाल पार्क, विष्णुमती किनार
वडा १९ कार्यालय परिसर,
शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
वडा कार्यालय, टेवहाल
नव आदर्श विद्यालय, बसन्तपुर
इतुमबहाल, तारणीबहाल
कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
वडा कार्यालय परिसर, लैनचौर
महावौद्ध चोक
कार्यालय परिसर, सिटी मार्केट
विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
इ.पि.यस. स्कूल, मीनभवन
वडा कार्यालय परिसर, पाल्पाकोट

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स