26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अब स्वास्थ्यकर्मीमाथि आक्रमण गरे पाँच बर्षसम्म कैद

काठमाडौं । अब स्वास्थ्यकर्मीमाथि आक्रमण गरे अधिकतम पाँच वर्षसम्म कैद हुने भएको छ । स्थानिय तहमा २० हजार बढि स्वास्थ्यकर्मी कार्यरत छन् । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेविरुद्ध कडा कानुन ल्याएको छ । कसैले स्वास्थ्य संस्थामाथि तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरे अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश जारी गरेकी छन् । अध्यादेशमा कसैलेपनि स्वास्थ्य उपचारको विषयलाई लिई आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने भनिएको छ ।

यो संगै अब स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने छ । यस्तै, स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याए तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने भएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याउन वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । यस्तै, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र्र वा अपमानजनक व्यवहार गरे एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने भनिएको छ ।

मूल ऐनको दफा १५ ‘क’ मा संशोधन गर्दै , ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १५ को उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिम सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नेछ ।’ भन्ने कानुनी प्रावधान समावेश गरीएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स