25.5 C
Kathmandu
Saturday, September 30, 2023

स्थानीय तहतर्फको सहायकस्तर पाँचौ तहको नतिजा प्रकाशन

काठमाडौं । लोकसेवा आयोगले क्रमिक रुपमा नतिजा प्रकाशन थालेको छ । जसअन्तर्गत् स्थानीय तहतर्फको सहायक स्तर पाँचौ तहको नतिजा प्रकाशन गरेको हो । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सोमबार स्थानीय तह अन्तर्गतको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

उक्त तहको पहिलो चरणको परीक्षामा सहभागी कुल ५ हजार ९ सय १८ जना मध्ये ३ हजार २ सय ४१ जना उत्तिर्ण भएको प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

आयोगले उत्तरपुस्तिकामा की नलेखेको भन्दै २२ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । सो तहको दोस्रो चरणको परिक्षा भने कोरोना संक्रमणको जोखिमका कारण अन्यौल छ । आयोगले यसअघि एक सूचना जारी गर्दै कोरोनाको संक्रमणको दोस्रो लहरको जोखिमका कारण सबै तहको परिक्षा स्थगित गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स