24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

बाल सुधार गृहमा कोरोना फैलियो

विराटनगर । क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो ।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन ।

स्रोतका अनुसार सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । तर प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स