25.5 C
Kathmandu
Thursday, September 21, 2023

नागार्जुन नगरपालिकाले प्रधानमन्त्रीलाई बुझायो मागपत्र, ११ हजार मात्रा खाप आवश्यक

काठमाडौं । काठमाडौंस्थित नागार्जुन नगरपालिकाले सरकारसंग सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । नगरपालीकाले कोभिसिल्डको पहिलो मात्रा र दोश्रो मात्रा र नगरपालिका क्षेत्र भित्र खानेपानिको अभाव सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मागपत्र पेश गरेको छ ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी र पालिकाका प्रशासन तथा योजना शाखा प्रमुख नारायणप्रसाद तिमिल्सिना सहितको टोलीले आइतबार प्रधानमन्त्री समक्ष माग पेश गरेको हो । पहिलो मात्रा पाँच हजार र दोस्रो मात्रा ६ हजार मात्रा भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स