29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बेलबारी नगरपालिकाले किसानलाई झुक्यायो

विराटनगर — मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाको बोयर जातका बोका, पाठाको नाममा स्वदेशमा जन्मिएका बोकाबाख्रा वितरण गरेर करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरेको पाइएको छ ।

नगरले अस्ट्र्रेलियाबाट १ करोड २४ लाख रुपैयाँमा ८३ वटा ‘फुल ब्रिड बोयर’ जातको बोका र पाठा ल्याएको भन्दै कृषकलाई गत शनिबार वितरण गरेको थियो । तर बोकाबाख्रा नवलपरासीबाट ल्याएर वितरण गरेको स्थानीयको भनाइ छ ।

 

नगरले अस्ट्रेलियाको फुलब्लड बोयर बोका ५० र ३३ वटा पाठा किन्न जेठ ३ गते ग्रो अर्गानिक कृषि प्रालि संखुवासभासँग १ करोड २४ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

सम्झौतामा ग्रो अर्गानिकले ल्याउने अस्ट्रेलियाको फुलब्लड बोयर बोका ३ देखि ६ महिनाको र कम्तीमा ३५ किलोको र पाठीको वजन कम्तीमा ३० केजीको हुनुपर्ने भनिएको थियो ।

एक वर्षको अवधिमा अस्ट्रेलियाबाट एउटा पनि बोयर जातको बोकापाठा आयात नभएको पशुसेवा विभागअन्तर्गत आयात निर्यात नियमन शाखाले जनाएको छ ।

 

प्रजाति विस्तार ब्रिडिङका लागि आयात गरिने बोकापाठा आयात गर्नु पहिला पशु सेवा विभागलाई अनिवार्य जानकारी गराउनुपर्ने प्रावधान छ । तर आयातकर्ताले विभागलाई त्यसबारे जानकारी गराएको छैन ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बोयर जातका बोका पाठा आयात भएको नदेखिएमा ग्रो अर्गानिकलाई कालो सूचीमा राख्ने बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स