27.1 C
Kathmandu
Friday, September 22, 2023

कर्णाली प्रदेशमा बजेट कार्यान्वयन कक्षुवाको गतिमा

काठमाडौं । कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको अवस्था अति निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको साढे १० महिनामा प्रदेश सरकारले १९ प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेको छ । त्यसो त, चालु आर्थिक वर्षमा मात्र नभएर अघिल्ला आर्थिक वर्षमा पनि बजेट खर्च निराशाजनक नै थियो । चालु आर्थिक वर्षमा एकातिर कोरोना महामारी, अर्कोतिर लामो समयसम्म सरकार जोगाउन विभिन्न कसरतमा लागेपछि बजेट कार्यान्वयनमा अति निराशाजनक अवस्था देखिएको जानकारहरु बताउँछन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहिलो चौमासिकको समीक्षाका क्रममा दोस्रो चौमासिकमा ५० प्रतिशत रकम कार्यान्वयन भएको फाइल आफ्नो अगाडि लिएर आउन कर्मचारी र मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।जेठ १५ सम्म आइपुग्दा जम्मा १९ प्रतिशतमात्र विकास बजेट प्रदेश सरकारले खर्च गरेको छ । बजेट खर्चको अवस्थाले नै प्रदेश सरकारको नारा ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ लाई नारामै सीमित रहेको प्रष्ट हुन्छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा पुँजीगत अर्थात् विकास खर्च न्युन देखिएको हो । ३३ अर्ब बजेट ल्याएको प्रदेश सरकारले साढे १० महिनामा चालुतर्फ झण्डै साढे १९ प्रतिशतमात्रै खर्च गरेको छ भने बाँकी डेढ महिनामा पनि यो तथ्यांकमा धेरै सुधार हुने अवस्था देखिन्न ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको तथ्याङ्क अनुसार चालुतर्फको विकास बजेट हालसम्म १९।२३ प्रतिशत अर्थात् ३ अर्ब ६६ करोड ७० लाख ९० हजार ३८७ रुपैयाँ खर्च भएको छ । कोरोना महामारी र आर्थिक वर्षको शेष समयावधिका कारण सरकारले बाँकी समयमा पनि धेरै खर्च गर्न सक्ने अवस्था नदेखिएको हो ।

कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विनियोजित बजेटको झण्डै ५ प्रतिशत अर्थात् २८ करोड ४६ लाख बराबर खर्च गरेको छ । जबकि सो कार्यालयसँग ६६ करोड ९९ लाख बजेट खर्च हुन बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स