29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कर्णाली प्रदेश सरकारमा जाँदै कांग्रेस

काठमाडौं । कर्णाली प्रदेशमा काग्रेंस सहितको सरकार बन्ने भएको छ ।
काठमाडौं ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेसका २ मन्त्री हुनेछन्।

आज दिउँसो २ बजे दुई जना मन्त्रीलाई सपथ खुवाउने जानकारीसहितको पत्र मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख गोविन्द कलौनीलाई पठाएका छन्। प्रदेश सरकार गठन भएको तीन वर्षपछि कांग्रेस सरकारमा जान लागेको हो।

यसअघि मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सिफारिसमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञ विसी नियुक्त भएका छन्। उनीहरूलाई नै आज सपथ खुवाउन लागिएको हो।

सामाजिक विकास मन्त्री खालि थियो भने जलस्रोत मन्त्रालय भने भौतिक मन्त्रालयबाट फुटाएर बनाइएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स