14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

शङ्खरापुरले लियो अनलाइनबाटै परीक्षा

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । काठमाडौँको शङ्खरापुर नगरपालिकाले आजबाट अनलाइन माध्यमबाट कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरेको छ । नगरपालिकाले अनलाइनबाट कक्षा ८ को परीक्षा सञ्चालन गरेको देशमै पहिलो पालिकाका रुपमा दाबी गरेको छ ।

सो नगरपालिकाका २१ विद्यालयका ४७० परीक्षार्थीमध्ये सवा चार सय जति परीक्षार्थी परीक्षामा सम्मिलित भएका छन् । हरेक दिन दुईवटा विषयका परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरिएको छ ।

सो नगरपालिकाका शिक्षा प्रमुख बौद्धराज निरौलाले केही इन्टरनेटको समस्या र केही विरामी परेकाले परीक्षामा सहभागी हुन नसकेको बताउँदै अनुपस्थित भएका परीक्षार्थीका हकमा पछि अरु व्यवस्था गर्ने जानकारी दिए ।

परीक्षा आधा घण्टासम्म सञ्चालन गरिएको थियो भने परीक्षार्थीहरुलाई जुममा अनिवार्यरुपमा ‘भिडियो अन’ गरेर बस्न निर्देशन दिइएको थियो । ‘भिडियो अन’ नगर्ने परीक्षार्थीको मूल्याङ्कन नगर्ने चेतावनी पालिकाले दिएको थियो । वस्तुगत प्रश्न सोधिएका थिए ।

पालिकाले ५३ प्रतिशतका लागि आजबाट परीक्षा सञ्चालन गरेको छ भने बाँकी ४७ प्रतिशत विद्यालयले मूल्याङ्कन गर्नेछ । पहिलो र दोस्रो त्रैमासिक परीक्षाको अङ्क विद्यालयले प्रदान गर्नेछ ।परीक्षा सुरु हुनु पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस्तो अभ्यास अनुकरणीय रहेको बताए ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स