26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम घोषणामै सीमित

काठमाडौं । बागमती प्रदेश सरकारद्वारा घोषित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम घोषणामै सीमित रहेको छ । यसको कार्यान्वयन पक्ष भने शून्य देखिएको हो ।

बागमती प्रदेश सरकारले दुई वर्ष यता नीति तथा कार्यक्रम र बजेटमार्फत नै ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ लाई प्राथमिकताका साथ समावेश गर्दै आएको छ । तर, उक्त कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन ।

प्रदेशका आम नागरिकमा स्वास्थ्य सेवा पुरयाउने भन्दै प्रदेश सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उक्त कार्यक्रमलाई महत्वका साथ समेट्ने गरेको छ । बजेट कार्यान्वयन फितलो र विषयगत मन्त्रालयको बेवास्ताका कारण यो कार्यक्रम हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स