26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

स्वास्थ्य मन्त्रालयले भन्योः कोरोनाको तेस्रो लहर आउने सम्भावना

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर पश्चात् तेस्रो र चौथो लहर पनि आउन सक्ने भन्दै तयारी अवस्थामा रहन सरकारले स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ ।
प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा तेस्रो र चौथो लहरमा बालबालीका बढि मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थाहरुलाई स्विकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह् गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको लहरहरु पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्ने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा।मदनकुमार उपाध्यायका अनुसार संक्रमणको दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई शैया छुट्याउन परिपत्र गरिएको छ ।
अव तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने भएकाले बैकल्पिक अक्सिजनको व्यवस्थापन गर्न पनि सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आग्रह गरीएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ ।’
यस्तै, देशभर शुक्रवार ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १ सय ८२ जनाको पिसिआर र ६ हजार ६ सय ३१ जनाको एन्टीजेन परीक्षण गरीएको छ ।

यसैबिच, औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स