25.5 C
Kathmandu
Thursday, September 21, 2023

राष्ट्रिय गौरवका आयोजनाः कुन आयोजनामा कति बजेट ?

काठमाडौं । आगामी आर्थिक वर्ष राष्ट्रिय गौरवका आयोजना शिर्षकमा बजेट घटाइएको छ । आगामी आर्थिक वर्षको बजेटमा वीर अस्पतालको सेवा विस्तार गरेर भक्तपुरको दुवाकोटमा अत्याधुनिक अस्पताल निर्माण गर्ने योजनालाई समेत समावेश गरिएपछि राष्ट्रिय गौरवको आयोजनको संख्या २६ पुगको छ । यद्यपी राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट भने सरकारले घटाएको छ।

राष्ट्रिय गौरवका आयोजनाका लागि भनेर सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ८३ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो रकम नयाँ घोषणा गरिएको बीर अस्पतालन विस्तारको भन्दा बाहेकका २५ वटा आयोजनाका लागि मात्रै हो।

चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २५ वटा राष्ट्रिय गौरवका आयोजनका लागि ९३ अर्ब रुपैयाँ रकम विनियोजन गरेका थिए। राष्ट्रिय गौरवका आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा चालु आवको भन्दा १० अर्ब रुपैयाँले कटौती गरेको छ।

यद्यपि राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च भने चालु आर्थिक वर्षमा पनि दयनीय नै छ। राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजित बजेटमध्ये ६ महिनाको अवधिमा १५.१९ प्रतिशत मात्र खर्च भएको छ।

कुन आयोजनामा कति बजेट ?

सिक्टा सिँचाइ– १ अर्ब ५५ करोड ८४ लाख
बबई सिँचाइ– १ अर्ब ४४ करोड ४० लाख
रानीजमरा सिँचाइ– २ अर्ब ३५ करोड ३४ लाख
भेरी बबई डाइभर्सन– ३ अर्ब ६ करोड ८४ लाख
उत्तर दक्षिण करिडोर ९ कर्णाली, कालिगण्डकी र कोशी० –४ अर्ब १२ करोड ६६ लाख
गल्छी–रसुवा सडक– १६ करोड २१ लाख
एमसीसी– ९ अर्ब १० करोड ५४ लाख
महाकाली सिँचाइ– १ अर्ब २४ करोड ८६ लाख
सुनकोशी मरिन डाइभर्सन– २ अर्ब ४६ करोड ११ लाख
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम – १ अर्ब ५३ करोड २३ लाख
मेलम्ची खानेपानी आयोजना – ५७ करोड ३२ लाख
काठमाडौं– तराईं ९मधेस० द्रुतमार्ग – ८ अर्ब ९३ करोड १० लाख
हुलाकी राजमार्ग– ६ अर्ब ३९ करोड ५२ लाख
रेल्वे तथा मेट्रो– ८ अर्ब ९३ करोड २७ लाख
पुष्पलाल ९मध्यपहाडी० लोक मार्ग– ८ अर्ब १३ करोड ४४ लाख
लुम्बिनी क्षेत्र विकास कोष– १ अर्ब ५० करोड
पशुपति क्षेत्र विकास कोष– ३५ करोड
निजगढ विमानस्थल– ५० करोड
पोखरा क्षेत्रीय विमानस्थल– ८ अर्ब ५० करोड
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल– ३ अर्ब ५० करोड
बुढीगण्डकी जलविद्युत आयोजन– ७ अर्ब ९९ करोड ७६ लाख
माथिलो तामाकोशी– ७१ करोड १० लाख

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स