24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

संक्रमण रोकथाममा कुनै कसर बाँकि राखेका छैनौः शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ

कोरोना संक्रमण रोकथाममा स्थानिय तहहरु सकृय भएर लागि परेका छन् । कोरोना रोकथाममा आइसोलेसन स्थापनादेखि शैया व्यवस्थापन सम्मको काम पालिकाहरुले अघि बढाएका छन् । कोरोना संक्रमण रोकथाम र विकास निर्माणमा केन्द्रित रहेर शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठसंग पालीका टिभिले गरेको कुराकनिको सारसंक्षेपः

कोरोना संक्रमणको अवस्था कस्तो छ यस पालिकामा ?

कोरोना संक्रमणदर केहिदिनयता घटेको छ । अहिले देशनै कोरोनाको चपेटामा छ । हामीले संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञालाई पूर्णतः कार्यान्वयन गर्दै आएका छौ । नगरवासीहरुको उपचारमा तल्लीन छौं । यस्तै, भौतिक दुरी, मास्कको समुचित प्रयोगमा ध्यान दिन आग्रह गरेका छौं ।

संक्रमण रोकथामका लागि पालिकाले कसरी काम गर्दैछ ?
नगरवासीको उपचारमा कुनै कसर बाँकि नराख्ने गरी संक्रमितको उपचार व्यवस्थापनमा सहजिकरण गर्दै आएका छौं। नगरपालिकाले निशुल्क एम्वुलेन्स सेवाको सुरुवात पनि गरेको छ । नगरपालीकामा कुनै व्यक्तिलाई संक्रमण देखिए सो व्यक्तिको उपचार प्रकृयामा पालीकाले सहजिकरण गर्दै आएको छ ।

अक्सिजन सहितको शैयाको व्यवस्थापन गरीएको छ । पालिकाका विकट वडाहरुमा घरमै स्वास्थ्यकर्मीहरु पुगेर कोरोना परिक्षण गर्ने गरेका छन् । संक्रमण रोकथाममा क्वारेन्टाइन व्यवस्थापनदेखि आइसोलेसन सेन्टर निर्माणसम्मको काम पालीकाहरुले गर्दै आएको छ । यस्तै एन्टिजेनको दायरा पनि बढाइएको छ ।

यो समयमा विकास निर्माणका काम पनि अघि बढेका छन् की ?

पालिकाले संक्रमण रोकथामसंगै विकास निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । हाल पालीकामा विकासका ठुला योजनाका कामहरु रोकिएका छैनन् । नगरपालिकाले कामसंगै खाद्यान्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । काम गर्ने ठाउँमै मजदुरहरुलाई बस्ने, खाने व्यवस्थापन मिलाइएको छ । विकास निर्माणका कामलाई चुस्तदुरुस्त गतिमा अघि बढाएका छौं ।

अन्त्यमा नगरवासीहरुलाई के भन्न चाहनुहुन्छ ?
यो विषम परिस्थिती हो । मुख्य कुरा त सबैभन्दा पहिले आफू बाँच्ने र अरुलाई बचाउने हो । पालिकाका नगरवासिलाई सक्दो सहयोग गर्न प्रतिवद्ध छ । नगरपालिका भित्र कसैलाई सहयोग आवश्य परे जानकारी गराउन सक्नुहुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स