26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रौतहटका कोभिड अस्पताललाइ स्वास्थ्य सामाग्री

रौतहट । रौतहटका कोभिड अस्पताललाइ स्वास्थ्य समाग्री उपलब्ध गराइएको छ । कोभिड नियन्त्रणका लागि रौहतटमा रहेका अस्थायी कोभिड अस्पतालहरुमा बिभिन्न स्वास्थ्य समाग्री सहयोग गरीएको हो । कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी)ले ईश्लामिक रेलिफ नेपाल र ईश्लामिक रेलिफ क्यानडाको सहयोगमा स्वास्थ्य समाग्री सहयोग गरेको थियो ।

गौर अस्पतालका मेडिकल सुपरिडेन्ट डा. कृष्ण साह, परोहा नपाका नगर प्रमुख शेख वकिल र चन्द्रपुर कोभिड अस्पतालका अभय ठाकुरलाई संस्थाका अध्यक्ष पारस हुसैनले सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

बुधबार उक्त संस्थाले गौर अस्पताललाइ पल्स अक्सिमिटर ३५ वटा, एन ९५ मास्क ३५० वटा, सेनिटाईजर २२० बोतल, पी पी ई फुल ११७ सेट, सर्जिकल गल्बस १५० बक्स, भिटीएम कीट १२०० पीस तथा औषधीहरु सहयोग गरेको उक्त संस्थाका आपत्कालीन प्रतिकार्य संयोजक विजय साह वनियाले जानकारी दिएका छन । सोही संख्या बराबरमा परोहा अस्पताल र चन्द्रपुर कोभिड अस्पताललाइ पनि सहयोग गरेको बानियाले बताए ।

यस्ता स्वास्थ्य सामग्रीहरुले अस्पतालमा खटिने कर्मचारी, विरमी तथा विरामी कुरुवालाइ ठुलो सहयोग हुने अस्पतालका डाक्टर कृष्णा साहले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स