29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक पनि केपी शर्मा ओली निर्वाचित

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा भएको निर्वाचनको मतगणनाबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले प्रत्यासी भिम रावलविरुद्ध शुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए । उनी दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित ओलीको कार्यकाल पुन चार वर्षको हुने छ ।

यो समाचार तयार पार्दाको समयसम्म ओलीले १ हजार ८४० मत पाएका छन् भने अर्का प्रत्यासी रावलले २२० मत पाएका छन् । ३६ जनाले भने दुवैजनालाई भोट हाल्न चाहेनन्। तर निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन।

१० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलवार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । यसैबीच नेकपा ९एमाले० को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ ।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने बताइएको छ । उक्त महाधिवेशनमा ७२ ओटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स