27.1 C
Kathmandu
Tuesday, September 26, 2023

थप २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमणमुक्त

काठमाडौं । मंगलवार पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२९ पीसीआर परीक्षणमा २४५ जना र २ हजार १४० एन्टिजेन परीक्षणमा १० जना गरी कुल २५५ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ पुगेको छ ।

यसैगरी, मंगलवार २५६ जना निको भएसँगै हालसम्म ८ लाख २ हजार ९०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स