24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

भासिएकै सडकमा कालोपत्र

गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएकै सडमा कालोपत्र गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

यसअघि कालोपत्रे सडकमा लगाएको पर्खालसहित सडक भत्किएको थियो । हाल एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् ।

सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन् । स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिनुभयो। जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उहाँले बताउनुभयो ।

गत वर्ष सोही स्थानमा थोरै मात्रामा सडक भासिएको थियो । यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो । अहिले उक्त ठाउँमा पहिरो गएको छ ।

सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन् । उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स