29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कुलमान नियुक्ति विरूद्धको रिटको सुनुवाइ प्र.न्या. जबराको इजलासमा

काठमाडौं। सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि पनि सुनुवाइ हुने भएको छ ।

उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । शाक्यरले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, ऊर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको थियो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ हुने भएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुन लागेको सर्वोच्चले जनाएको छ । एमाले अध्यक्ष ओली आफैं सर्वोच्च अदालत उपस्थित भएर निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स