24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मध्यराति घरमा आगलागी हुँदा दम्पतिको मृत्यु

लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा दम्पत्तिको मृत्यु भएको छ। आगलागीमा परेर स्थानीय ५६ वर्षीय धर्मराज भण्डारी र उनी श्रीमती ४५ वर्षीया पशुपति भण्डारीको मृत्यु भएको हो।

गएराति घरभित्र सुतिरहेको बेला आगलागी हुँदा जलेर दम्पतीको मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले जानकारी दिनुभयो। आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने क्रममा आगलागी भएको अनुमान गरिएको छ,’ गुरुङले भन्नुभयो, ‘बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १० १५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए।’

आगलागीबाट ढुङ्गामाटाको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ। घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ। छिमेकीका घर भने टाढा भएकाले अन्य घरमा कुनै क्षति भएको छैन।

प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको जनाएको छ। के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ। धर्मराज पूर्व गोरखा सैनिक हुनुहुन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स