24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मनाङ बाढीपहिरो प्रतिवेदन : उर्जा, खानेपानी र सिंचाइमा ठुलो मात्रामा क्षति

मनाङ । यस वर्षको वर्षाको समयमा हिमाली जिल्ला मनाङमा गएको बाढीपहिरोले जलविद्युत, खानेपानी र सिंचाइ आयोजनामामा व्यापक क्षति पुर्‍याएको छ। खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सव–डिभिजन मनाङले तयार पारेको प्रतिवेदनले गत जेठ १४ र असार १ गते आएको बाढीको यी क्षेत्रहरु ठूलो मात्रामा क्षति पुर्‍याएको देखाएको हो।

दुई महिना लगाएर तयार पारिएको प्रतिवेदनले क्षतिको विवरण, पुर्नसंरचनाका लागि लागत अनुमानसहितको तथ्याङ्क निकालिएको छ। सो प्रतिवेदन उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशमा बुझाइएको छ। सव डिभिजन प्रमुख ढाकाराम आचार्यका अनुसार बाढी पहिरोबाट बढी प्रभावित क्षेत्र नासो गाउँपालिकाका ताल बजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यू, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती रहेको छ। यी क्षेत्रका विद्यालय, सार्वजनिकस्थल, पूर्वाधारका संरचनालगायतका खानेपानी,सिंचाइमा व्यापक क्षति भएको छ।

बाढी पहिरोले नासों गाउँपालिकाअन्तर्गत डोना खोला लघु जलविद्युत् आयोजना धारापानी, ग्वा खोला लघु जलविद्युत् आयोजना तिल्चे, चामे गाउँपालिकाको स्यार्कु खोला लघु जलविद्युत आयोजना, चामे लघु जलविद्युत् आयोजना र ङिस्याङ गाउँपालिका अन्तर्गत सब्जे खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

नासों र चामेको लघु जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ङिस्याङको लघु जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेकलगायतका संरचनामा पूर्णरुपमा क्षति भएको छ।

खानेपानीतर्फ नासो गाउँपालिका अन्तर्गतको थोचे खानेपानी आयोजना, घेलान्चोक ओडार खानेपानी आयोजना, धारापानी खानेपानी आयोजना र नाचे खानेपानी आयोजना, चामे गाउँपालिका अन्तर्गत थान्चोक खानेपानी आयोजना, वृहत चामे खानेपानी आयोजनामा क्षति पुगेको छ। ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ खानेपानी आयोजना, घ्यारु खानेपानी आयोजना, खाङ्सार खानेपानी आयोजना र ढिकुरपोखरी खानेपानी आयोजना पूर्ण क्षति भएको छ। यी सबै आयोजना पुर्ननिर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै सिंचाइतर्फ खाङ्सार सिंचाइ योजना, ताचै सिंचाइ योजना, क्युपार सिंचाइ योजना, भ्राताङ सिंचाइ योजना, सब्जे र क्युबेँशी सिंचाइ योजनामा बाढीले क्षति पुगेको छ। तत्कालका लागि खानेपानी आयोजना, साना सिञ्चाई र स–साना नदी नियन्त्रणका लागि करिब ८ करोड ७० लाख रुपियाँ लागत लाग्ने सवडिभिजन प्रमुख आचार्यले जानकारि दिनुभयो। सो लागत माग मन्त्रालयमा माग गरिएको उहाँको भनाइ छ।

ठूला बस्ती जोगाउन नदी नियन्त्रण, ठूला सिंचाइ आयोजना मर्मत, खानेपानी आयोजना मर्मत, लघु जलविद्युत आयोजनाको मर्मत तथा निर्माणका लागि पुन विषयविज्ञ टोली झिकाएर अनुसन्धान गर्नुपर्ने उहाँको सुझाव छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स