26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कर्मचारी र स्थानीयको मिलेमतोमा भूकम्पपीडितको रकम हिनामिना

संखुवासभा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आवास पुनर्निर्माण अनुदानअन्तर्गत आएको रकम कर्मचारी र स्थानीयको मिलेमतोमा हिनामिना भएको पाइएको छ ।

चिचिला गाउँपालिकाका ५ जना सेवाग्राहीबाट प्राधिकरणका कर्मचारी र स्थानीय गिरोहले १ लाख ३० हजार रुपैयाँ लिएको खुलेको हो । चिचिला–४ का रत्नबहादुर गुरुङ, राजकुमार गुरुङ र पुनर्निर्माण प्राधिकरणका चिचिला गाउँपालिका असिस्टेन्ट सबइन्जिनियर विजय घर्ती मगरले लाभग्राहीबाट रकम लिएको स्वीकार गरेका छन् ।

गत आर्थिक वर्षमा लाभग्राही सूचीमा रहेका रिट्ठुमान राई, कालीबहादुर राई र जीतबहादुर राईबाट मात्रै उनीहरूले एक लाख रुपैयाँ लिएका थिए । लक्ष्मण गुरुङले लाभग्राहीको घरमा गएर प्राविधिकलाई पैसा नदिए अनुदान रकम नपाउने भन्दै धम्कीसहित रकम लिएको पीडित लाभग्राहीले बताए । रिट्ठुमानले प्राविधिक घर्ती मगरलाई उनकै कोठामा ५० हजार र स्थानीय लक्ष्मणलाई ५ हजार रुपैयाँ उनकै घरमा लगेर दिएका थिए । अर्का लाभग्राही जीतबहादुरले प्राविधिक मगरलाई उनकै क्वार्टरमा लगेर ४० हजार रुपैयाँ बुझाएका थिए ।

कालीबहादुरले ५ हजार रुपैयाँ बुझाएका थिए । लाभग्राहीले यी प्राविधिक र स्थानीय गिरोहले कतिसम्म पनि गरे भने घरमा पालेको कुखुराको भाले र पाँच हजार रुपैयाँ नदिए अन्तिम किस्ता रकम नदिने भन्दै असुली गरेका थिए । चालु आर्थिक वर्षमा लाभग्राही सूचीमा परेका लाभग्राहीबाट रकम असुली गरेपछि जनप्रतिनिधिसम्म गुनासो आएको चिचिला गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स