24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पछिल्लो २४ घण्टामा ३ हजार ७५ संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४३८ जनाको आरटी(पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको आरटी(पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २० हजार ६०५ पुगेको छ ।

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स