29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बर्खे झरी लागेसँगै सुर्खेतका बाढीपीडितको बेहाल: ओछ्यानमै पुग्छ पानी

सुर्खेत । वर्षायाम लागेसँगै देशभर बाढीपहिरोबाट सयौँ घर विस्थापित र दर्जनौँ मानिसको ज्यान गइसकेको छ । बर्खे झरी लागेसँगै सुर्खेतका बाढीपीडितको हाल बेहाल हुन्छ । २०७१साउन २९ मा बाढीपहिरोका कारण घरबारविहीन भएका थिए । अहिलेसम्म उनीहरूले सरकार भएको अनुभूति गर्न पाएका छैनन ।

बाढीबाट प्रभावितहरू हालसम्म पनि त्रिपालमुनि जिवन गुजार्न विवश छन । न खानाका लागि खाद्यान्न छ, न त लगाउने एक सरो कपडा नै । राहतस्वरूप दिइएको पालमा बसेका उनीहरूको आँखामा आँसुबाहेक केही छैन । त्रिपाल पनि च्यातिएर प्वाल परिसकेको छ । पानी परेका बेला पानीमै भिज्छन, पानी बन्द भएपछि ओभानो ठाउँ बस्ने अवस्था छैन ।

‘सरकारले पुनस्र्थापनाका लागि दिने भनेको ३ लाख रुपैयाँ लिएर कहाँ जाने ?’ वीरेन्द्रनगर वडा नम्बर ७ कि मैसरा गुरुङ वेदना कहन्छिन, ‘आफ्नो नाममा कुनै पनि जमिन छैन । कतै गएर जग्गा किनौँ भन्दा यो ३ लाखले १ हात जमिन पनि आउँदैन । घर बनाउने कुरा त परै जाओस् । ८—८ जना परिवारलाई पाल्नुपर्छ ।’ पहिला पहिला सरकारी तथा गैरसरकारी तवरबाट राहतस्वरूप सहयोग भए पनि अहिले भुल्दै गएको उनले बताइन ।

बाढीपीडितलाई कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले पीडामाथि पीडा थोपरेको छ । दैनिक काम गरेर परिवारको भरथे गर्दै आए पनि निषेधाज्ञाका कारण सबै बन्द हुँदा दैनिक एक छाक मात्र खाना खाएर रात बिताउनुपरेको उनको गुनासो छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आश्रय लिएर बसेका बाढीपीडितले बिजुलीसमेत प्रयोग गर्न पाएका छैनन् । खानेपानीको समस्या पनि उस्तै छ । बाढी आएको ७ वर्ष पुगे पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स