24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लोकसेवा आयोगको कुनै पनि परीक्षा नरोकिने

काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । कोरोना भाइसरको महामारी बढ्दो अवस्थालाई मध्यनजर गर्दै सरकारले कक्षा १२ को परीक्षा रोकेको भएपनि लोकसेवाको परीक्षा भने नरोकिने भएको हो ।

आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारि दिनुभयो। उहाँले भन्नुभयो ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उहाँले बताउनुभयो ।

कतिपय परीक्षाहरु संचालनमै रहेकोले त्यसले निरन्तरता पाउने र बाँकी परीक्षाहरु पनि निर्धारित समयमै हुने आयोगको भनाइ छ ।

आयोगले आ।व। २०७६—०७७ र आ.व. २०७७—०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स