24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मुलुकभर थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ६ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५९४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख ५७ हजार ९२३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स