28.1 C
Kathmandu
Thursday, September 21, 2023

मुगुमा बजार नपाउँदा गोठमै कुहियो लाखौँ रकमको प्याज

मुगु । जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाँउपालिकाका एक कृषकले उत्पादन गरेका लाखौँ मूल्यका प्याज बजार नपाएर गोठमै कुहिएका छन् । खत्याड गाउँपालिका वडा नम्बर १० को ह्रायाङ्गलु गाँउका कृषक चन्द्रबहादुर रोकायाले आफ्नै बारीमा लगाएका १० क्वीन्टल प्याजले बजार र भण्डारण गर्ने स्थान नपाउँदा बाध्य भएर गोठमै कुहिएको हो ।

घरदेखि नजिकैको बजार भर्नेको पालिका रहेको स्थान माथिचौर, रातापानी सानो बजार हो । त्यहाँसम्म पुग्न ३–४ घण्टा हिँड्न समय लाग्ने र बिक्री पनि कमै हुने गरेको उनले सुनाए । आफ्नो जिल्ला सदरमुकाम गमगढी बजारसम्म २ दिन पैदल हिँडेर पुगिने भएकोले प्याजको मूल्यभन्दा ढुवानी खर्च बढी लाग्ने गर्छ । त्यसैले किसानहरु सदरमुका पुर्याउन सक्दैनन् । अर्कोतर्फ स्थानीय सरकार र जिल्ला कृषि विकास कार्यालयबाट कुनै पनि सहयोग नहुँदा उक्त लाखौँ मूल्यको प्याज खेर गएको उनले बताए ।

सरकारले कृषि क्षेत्रमा काम गर्ने व्यक्ति तथा फर्मलाई वर्षेनी करोडौँ रकम लगानी गरे पनि नेताहरु र कार्यालय प्रमुखको पहुँचमा पर्नेले मात्र सेवा लिने गरेका छन् । महिले आफ्नै लगानिमा लाखै रकमको लगानिमा कृषी क्षेत्रमा तरकारी उत्पादन गरे पनि कुनै निकाय बाट सपोट सहयोग नभएको गुनासो कृषक रोकायाले बताएका छन् ।

रोकायाको बारीका प्याज मात्र खेर गएको छैन, लसुन, टमाटर, काँक्रा, फर्सी, केरा, आँप, सुन्तला, केरा, सुँगुर लगायत उत्पादनले पनि बजार पाउन नसक्दा खेर गइरहेका छन् । ‘३(४ वर्षदेखि केही व्यावसायिक रुपमा तरकारी खेती गर्न सिकियो, तर बजार र गोदाम गर्ने स्थान नपाउँदा निकै समस्या भएको छ । केही त बारीमा खेर जानुभन्दा पनि आफन्तहरुलाई नासोको रुपमा दिएर सक्ने गरेका छौँ ।’ उनले भने ।

यता स्थानीय सरकार रहेको खत्याड गाँउपालिकाको कृषि शाखाले प्याज र अन्य तरकारी गोठमा थन्केर खेर गइरहेकोबारे कुनै जानकारी नआएकोले केही सहयोग गर्न नसकेको बताएको छ । सदरमुकाम गमगढी बजारमा हिजोआज प्याजको प्रतिकेजी मूल्य १२० देखि १५० रुपैयाँका दरले खरीद(बिकी गर्ने गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स