26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

हेलम्बुमा विद्यालय भवन बाढीले बगाएपछि विद्यार्थी र अभिभावक अन्योलमा

सिन्धुपाल्चोक । हेलम्बुको एक विद्यालयको भवन बाढीले बगाएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन । हेलम्बु गाउँपालिका–४ स्थित ईष्ट पोइन्ट एकेडेमीको भवन मेलम्चीमा आएको बाढीले बगाउँदा उनिहरु चिन्तीत बनेका ह’न । उक्त विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ ।

अधिकांश विद्यार्थीले पुस्तकसमेत किनिसकेका थिए भने विद्यालयले भर्ना गर्न पनि सुरु गरिसकेको थियो । विद्यालयको अवस्था थाहा पाएका विद्यार्थी तथा अभिभावकहरुमा चिन्ता र अन्योल बढेको प्रधानाध्यापक दामोदर भारतीले बताउन’भयो । गएको शैक्षिक सत्रमा ५ सय ५० जना विद्यार्थी रहेको विद्यालयमा अध्ययनरत करिब डेढ सय विद्यार्थीका अभिभावक बाढीबाट प्रभावित भएका छन । विद्यालयले विद्यार्थी तथा अभिभावकको चिन्तालाई मध्यनजर गर्दै अब कसरी अगाडि बढ्ने भन्नेमा अभिभावकहरुसँग छलफल गर्ने तयारी गरिरहेको छ । बाढी गएको दिनबाट बिजुली समेत नभएकाले विद्यालयले सबै विद्यार्थी तथा अभिभावकसँग सम्पर्क हुन नसकिरहेको र प्रभावकारी रुपमा छलफल गर्न नसकेको बताएको छ ।

बाढीले बगाएको विद्यालयको भवन २०७२ सालको भूकम्पपछि बनेको हो । २०६३ सालमा स्थापित विद्यालय भूकम्प अघि हालको स्थान ढुंग्रेबजारभन्दा करिब ५ सय मिटरमाथि ग्याल्टोङ भन्ने स्थानमा रहेको थियो । भूकम्पले उक्त विद्यालयको भवन भत्काएपछि ढुंग्रेबजारमा अभिभावकको श्रमदान र विद्यालयको लगानीमा उक्त भवन बनेको थियो । विद्यालयको अवस्था देखेर विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न नदिनका लागि सकेसम्म छिटो अनलाइन कक्षा सुरु गर्ने गरी तयारी गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स