24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाढि र पहिरोका कारण जलविद्युतमा दस अर्बको क्षति भएको अनुमान

काठमाडौँ । गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन ।

अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ इप्पानका अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन । बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।

बाढीले सञ्चालनमा रहेका आयोजनाका बाँध, विद्युत गृहमा समेत क्षति पुगेका कारण त्यस्ता आयोजनाको विद्युत उत्पादन नै ठप्प छ भने कतिपय प्रसारण लाइन टुट्दा विद्युत उत्पादन नै स्थगित गर्नुपरेको छ । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मादी, १३ मेगावाटको सिम्ले र १२ मेगावाटको नागार्जुन जलविद्युत् अयोजनाबाट विद्युत उत्पादन ठप्प भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसबाहेक राष्ट्रिय प्रणालीमा नजोडिएका केही आयोजना पनि अहिले ठप्प छन ।

प्राधिकरणका अनुसार गण्डकी र बाग्मती प्रदेशमा रहेका आयोजना अधिकांश प्रभावित भएका छन । प्रसारण लाइन बिग्रँदा कैयौँ आयोजनाको बिजुली खेर गइरहेका कारण पनि क्षति भएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स