24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

असार १ देखि नयाँ शैक्षिकसत्र, विद्यार्थीको मूल्याङ्कन वैकल्पिक माध्यमबाट

काठमाडौं । कक्षा आठ, दश र बाह्र बाहेक अन्य कक्षाको विद्यार्थीको मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन वा वैकल्पिक माध्यमबाट गरिने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सबै विद्यालयहरूलाई अन्य कक्षाको मूल्याङ्कन पाठ्यक्रम समायोजन ढाँचा, २०७७ ले गरेको व्यवस्था समेतलाई ध्यान दिइ विद्यार्थीको अन्तिम मूल्याङकन गर्न निर्देशन दिएको छ ।

केन्द्रले कक्षा दश र बाह्रको हकमा राष्ट्रिय परीक्षा बोर्डबाट तोके बमोजिम गर्ने गराउने व्यवस्था मिलाउन विद्यालयलाई सूचित गरेको हो ।

शैक्षिक सत्र २०७८ मा नयाँ विद्यार्थी भर्ना असार एक गतेदेखि गर्न समेत विद्यालयलाई निर्देश गरेको छ । विद्यालयलाई असार एक देखि नै भर्नाको अभिलेख कायम गर्ने, विद्यालयले सम्भव भएसम्म आफ्नो सेवा क्षेत्रभित्र टेलिफोन वा अनलाइन माध्यमबाट अभिभावकहरुलाई सम्पर्क गरी वा सम्बन्धित स्थानीय प्रशासनबाट जारी भएको आदेशसमेतलाई ध्यान दिई विद्यार्थी भर्नाको उपयुक्त व्यवस्था मिलाउने, कुनै विद्यार्थी अन्य विद्यालयमा जान चाहेमा स्थानान्तरण प्रमाणपत्र विद्यालयबाट उपलब्ध गराउने व्यवस्था मिलाउने जस्ता निर्देश्न जारी गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्ड र आदेशको अधिनमा रही शैक्षिक सत्र २०७८ का लागि सबै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था मिलाउने र सिकाई सहजीकरण गर्दा यस मन्त्रालयबाट जारी भएको विद्यार्थी सिकाइ

सहजीकरण निर्देशका, २०७७ अनुसार सिकाइ निरन्तरताको व्यवस्था मिलाउन समेत विद्यालयलाई सूचित गरेको छ । वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई कार्यमा मन्त्रालय र केन्द्रबाट भए गरेका अतिरिक्त प्रदेश सरकार र स्थानीय तहको आफ्नै पहलमा विगत एक वर्षको अवधिमा गरेका राम्रा अभ्यास विधि र मोडालिटीका वारेमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा उपलब्ध गराउन समेत सूचित गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स