26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

संवैधानिक इजलास आजपनि स्थगित

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो ।

मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले इजलास बस्न नसकेको अपुष्ट सूचना सार्वजनिक भएको थियो ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।

तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स