26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना महामारीवाट जोगाउन पहिलो कर्तव्य ठानेर काम गरेका छौंः गोकर्णेश्वर नगरपालिका मेयर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन नगरपालीकाहरु सकृय छन् । संक्रमण रोकथामममा स्वास्थ्य पूर्वाधार निर्माणदेखि स्वास्थ्यकर्मी परिचालन, परिक्षण र भ्याक्सिन सहजीकरणमा नगरपालीका लागि परेका छन् । संक्रमण ग्रामिण तहमा पनि फैलिन थालेको छ । यसैसन्दर्भमा गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालिसेसंग गरिएको कुराकानिको सारसंक्षेपः

कोरोना संक्रमण दिनानुदीन बढ्दैछ,संक्रमण रोकथाममा के गर्दै हुनुहुन्छ ?
हाम्रो नगरपालिकाले कोरोना रोकथामलाई पहिलो प्राथमिकता दिएको छ । संक्रमण रोकथाममा कोभिड प्रतिकार्य टीम गठन गरेको नगरपालीकाले अत्याधुनिक आइसोलेसन कक्ष स्थापना पनि गरेको छ । कोभिड र ननकोभिडका लागि २४ सैं घण्टा एम्बुलेन्स सेवा सुरु गरेका छौं । नगरपालीकाले वडा वडामा कोरोना परिक्षण गर्दै आएको छ ।

स्वास्थ्य पूर्वाधारको अवस्था कस्तो छ ?
संक्रमण रोकथामदेखि होम आइसोलेसनमा बस्दै आएका संक्रमितहरुको अवस्थाबारे बुझ्न नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु खटिनुभएको छ । संक्रमितको उपचारका लागि चार वटा अस्पतालको व्यवस्था मिलाएको छ । स्रोत साधनले भ्याएसम्म संक्रमितको गुनासो तत्काल सम्बोधन गर्दै आएका छौं ।
संक्रमण नियन्त्रणमा खटिएकाले विकास निर्माणमा तत्काल ध्यान दिन सकिएको छैन ।

नगरवासिलाई के भन्न चाहनुहुन्छ ?
नगरपालिकाले नगरबासीलाई कोरोना महामारीवाट जोगाउनु पहिलो कर्तव्य हो । आम नगरवासीलाई सुरक्षित घरमै बस्न, भिडभाँडमा नजान आग्रह गर्छु । साथै भौतिक दुरी कायम, मास्कको समुचित प्रयोगमा ध्यान दिऔं । नगरपालिका नगरवासीको सुरक्षामा प्रतिबद्ध छं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स